site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नीमा दीपक र मन्डेकाजीलाई सम्मान

सिड्नी । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको अर्वन क्षेत्रमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा नेपालबाट आएका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र करातेका मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । अर्वन नेपाली समाजले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा तेक्वान्दो खेलाडी विष्टले विदेशमा बसेर पनि नेपाली समुदायलाई जोड्ने अभियानमा लागेको अर्वन नेपाली समाजलाई धन्यवाद दिँदै नेपाली खेलकुद क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समाजका अध्यक्ष अरुण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनएका केन्द्रीय सल्लाहकार दिनेशराज जोशी, एन्टाका अध्यक्ष रन्जित शाह, नयाका अध्यक्ष विपीन थापा, समाजका निर्वतमान अध्यक्ष जितेन श्रेष्ठ लगायतले नयाँ वर्षको उपलक्ष्यमा यस क्षेत्रमा बसोबास गर्ने नेपाली बीच आपसी भाइचारा साट्न पाएकोमा खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्