site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उग्रवादको आरोपमा चार रुसी पत्रकारलाई साढे पाँच वर्षको कैद सजाय 

काठमाडौं । रूसको एक अदालतले विपक्षी नेता एलेक्सी नभाल्नीद्वारा स्थापित भ्रष्टाचार विरोधी समूहसँग आवद्ध भएर काम गरेको र उग्रवादलाई प्रश्रय दिएको आरोपमा चारजना पत्रकारलाई दोषी ठहर्‍याएको छ । प्रत्येकलाई ५ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको समाचार संस्था एपीले जनाएको छ ।

एन्टोनिना फाभोस्र्काया, कोन्स्टान्टिन गाबोभ, सेर्गेई करेलिन र आर्टेम क्रिगरलाई उग्रवादी समूहसँग संलग्न भएकाले दोषी करार गरिएको समाचारमा उल्लेख छ । तर, सबै पत्रकारले आफू निर्दोष भएको र पत्रकारको रूपमा मात्र कर्तव्य निर्वाह गरे पनि अभियोग लगाइएको बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बन्द कोठामा पत्रकारविरुद्ध चलेको यो मुद्दा रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा सैन्य आक्रमण गरेपछि देशभित्र उठेको विरोधको स्वरलाई दबाउने अभियानको एक अंश भएको दाबी गरिएको छ । 

लामो समयदेखि रूसी प्रशासनले विपक्षी नेतृत्व, स्वतन्त्र पत्रकार, मानवअधिकारकर्मी र राष्ट्रपति भ्लादिमिर पुटिन विरोधी साधारण नागरिकलाई निशाना बनाएर सयौंलाई जेल तथा हजारौंलाई देश छोड्न बाध्य पारेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्