site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आग्रह गरेका छन् ।  

शुक्रबार साँझ कतारको राजधानी द्वोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने गलत भाष्य निर्माण गर्ने काम भएको बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ,” उनले भने, “नेपालमा पनि विदेशमा जस्तै मिहिनेत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।”

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए । 

ढकालले उक्त कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्