site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी दबाबमा परेर चीनलाई एक्ल्याउने काम नगर्न चेतावनी

काठमाडौं । चीनले अमेरिकी आयात कर नीतिको विरोध गर्दै आफ्ना व्यापारिक साझेदारहरूलाई तटस्थ रहन र अमेरिकी दबाबमा परेर चीनलाई एक्ल्याउने काम नगर्न चेतावनी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धमा संसारका दुई ठूला अर्थतन्त्रहरू अमेरिका र चीन एक–अर्काविरुद्ध लडिरहेका बेला अमेरिका साना देशहरूलाई आफ्नो पक्षमा पार्न तल्लीन देखिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्प प्रशासनले विभिन्न देशहरूलाई अमेरिकी आयात करबाट छुट दिने आश्वासनको बदलामा चीनविरुद्ध व्यापार प्रतिबन्धित लगाउन दबाब दिने योजना बनाउँदै गरेको भन्ने समाचारको प्रसंगमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले सोमबार उक्त तुष्टीकरणले शान्ति नल्याउने र यस्तो समझदारीले सम्मान पनि नपाउने जिकिर गरे ।

प्रवक्ताले छुटको लालचमा अरूको हानि गरेर आफ्नो अस्थायी स्वार्थ सिद्ध गर्न खोज्नु बाघलाई छाला माग्नु जस्तै भएको भन्दै अन्त्यमा यसले कुनै फाइदा नगराउने र दुवैको नोक्सानी मात्र गर्ने बताए । प्रवक्ताले अमेरिकी दबाबमा पर्दै चीनसँगको व्यापार घटाउने प्रयासलाई अन्तर्राष्ट्रिय नियमविरुद्ध हुने पनि बताएको सीएनएनले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्