site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालले गर्‍यो कश्मीर आक्रमणको निन्दा, भन्यो– जघन्य कार्यलाई उचित ठहराउन सकिँदैन

काठमाडौं । नेपाल सरकारले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाको निन्दा गरेको हो ।

आतंकवादीले मंगलबार जम्मू–कश्मीरको पहलगाममा आक्रमण गर्दा एक नेपालीसहित २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्टरूपमा निन्दा गर्दछ,” परराष्ट्र मन्त्रालयले भनेको छ, “हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

परराष्ट्रले नेपाल यस दुःखको समयमा भारत सरकार र भारतीय जनताको साथमा उभिने र ऐक्यबद्धता जनाउने बताएको छ ।

“नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्छ । र, विश्वास गर्दछ कि आतंकवादका यस्ता जघन्य कार्यहरूलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन र गर्नुहुँदैन,” परराष्ट्रले भनेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्