site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्क्सले  रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । 

बुधबार (वैशाख १० गते) उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । मधेश प्रदेशका पूर्वउद्योग, वाणिज्य तथा पर्यटनमन्त्री समीर भट्टराई, महिन्द्रा एन्ड महिन्द्राका तर्फबाट अटो डिभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिवसुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्क्सका सर्भिस हेड श्रेष्ठले महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित भएको बताए । 

“हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो,” उनले भने,“हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।”

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्