site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबीच वार्ता जारी
फाइल तस्बिर ।

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको छ । नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले वार्ता जारी रहेको जानकारी दिए । 

मंगलबार दिउँसो वार्ता हुने अपेक्षा गरिए पनि शिक्षक महासंघ बैठकमा व्यस्त भएपछि दिनभर हुन सकेको थिएन । अहिले साँझबाट वार्ता सुरु भएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिउँसो वार्ता सुरु हुन नसक्नुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा शिक्षा मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले शिक्षामन्त्री पन्त शिक्षकको पर्खाइमा रहेको तर उनीहरू नआएको बताएका थिए । 

यता, शिक्षक महासंघका पदाधिकारीहरूले भने आफूहरूलाई वार्ताबारे औपचारिक जानकारी नै नभएको बताएका थिए । नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरूलाई वार्ताका विषयमा थाहा नभएको बताएका थिए । 

महासंघको बैठक सकिएपछि शिक्षक प्रतिनिधि वार्तामा गएका हुन् । संघीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघ विगत २८ दिनयता निरन्तर सडक आन्दोलनमा छ । 

रघुजी पन्त शिक्षामन्त्री बनेर आएपछि उनले शिक्षक महासंघका प्रतिनिधिसँग केही चरणमा वार्ता गरे पनि शिक्षक–सरकार वार्ताले सार्थकता पाउन सकेको छैन । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्