site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जर्मनीको संसद्को दोस्रो ठूलो पार्टी उग्र–दक्षिणपन्थी शक्तिमा सूचीकृत

काठमाडौं । जर्मनी सरकारले अल्टरनेटिभ फर ड्युचल्यान्ड (एएफडी)लाई उग्र–दक्षिणपन्थी शक्तिको रूपमा सूचीकृत गर्ने निर्णयविरुद्ध अमेरिकाले कडा आलोचना गरेको छ ।

तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले जर्मनी सरकारले सो निर्णयको विराेध गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडीले बर्लिन पर्खाल पुनर्निर्माण गर्न खोजेको आरोप लगाए भने विदेशमन्त्री मार्को रुबियोले यो वर्गीकरणलाई छद्म निरंकुशताको उपनाम दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जर्मनी विदेशमन्त्रीको कार्यालयले एक्समा विदेशमन्त्री रुबियोलाई जवाफ दिँदै भनेको छ, “दक्षिणपन्थी उग्रपन्थीलाई रोक्नुपर्छ भन्ने हामीले इतिहासबाट सिकेका छौँ ।”  

जर्मनीको गुप्तचर एजेन्सी बीएफभीले एएफडीलाई सूचीकृत गरेको हो । एएफडीको जाति र वंशमा आधारित मानव अवधारणा जर्मनीको स्वतन्त्र लोकतान्त्रिक व्यवस्थाविरुद्ध रहेको निष्कर्ष निकालेको छ । 

गत फेब्रुअरीमा भएको संघीय निर्वाचनमा एएफडी पार्टीले २०.८ प्रतिशत मत ल्याएर ६३० सिटको सदनमा १५२ सिट जित्दै दोस्रो स्थान प्राप्त गरेको थियो ।

गुप्तचर एजेन्सीले यसअघि नै एएफडीलाई तीन पूर्वी राज्यहरूमा उग्र दक्षिणपन्थी घोषणा गरेको थियो । सरकारको यो वर्गीकरण अब पूरै पार्टीमा लागु गरिएको बताइएको छ । 

गुप्तचर एजेन्सीले एएफडीले केही जनसमुदायलाई समाजमा समान सहभागिताबाट बञ्चित गर्ने लक्ष्य राखेको  बताएको छ । विशेषगरी यसले मुस्लिम बहुल देशबाट आएर नागरिक बनेका व्यक्तिलाई जर्मन नागरिक मान्दैन ।

एएफडीका सह–अध्यक्ष एलिस वेइडेल र टिनो क्रुपालाले यो निर्णय स्पष्ट राजनीतिक कारणले गरिएको र जर्मन लोकतन्त्रप्रतिको घातक प्रहार भएको बताए । पार्टीका संसदीय दलका उपनेता बिएट्रिक्स फन स्टोर्चले बीबीसीलाई भनिन्, “यो निरंकुश राज्यले आफ्ना पार्टीहरूसँग गर्ने व्यवहार हो ।”

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्