site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्वअर्थमन्त्री पुनको प्रश्न– पुँजीगत खर्च गर्ने नीति के हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले साधारण खर्च धान्न नै आन्तरिक ऋण उठाउनुपर्ने अवस्था सिर्जना हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा पुनले पुँजीगत खर्च गर्ने स्पष्ट नीति नहुँदा पनि समस्या निम्तिएको  बताए ।

“पुँजीगत खर्च गर्ने नीति के हो ? यसमा स्पष्ट हुन जरुरी छ । स्रोत कसरी बनाउने ? साधारण खर्च नै चलाउन नसक्ने अवस्थातिर देश गएको अवस्था, आन्तरिक ऋण लिएर साधारण खर्च चलाउने अवस्थाको अन्त्य गरेर एकातिर चुस्त संरचनातिर हामी जानुपर्छ,” उनले भने, “संघीय संरचना हाम्रा थुप्रिएर बसेको अवस्थमा छ । यसलाई पुनर्संरचना गरेर प्रदेश र स्थानीय तहबाट सेवा प्रवाह गर्नुपर्नेछ । विकासका काम गर्नुपर्नेछ, त्यो ठाउँमा जनशक्ति पठाऔँ । र, त्यसलाई छरितो बनाऔँ । र, संघीयता पनि कार्यान्वयन गरौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय गौरवका योजनामा एउटा भिजन लिएर आएकाले यसलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । अहिलेको नीति तथा कार्यक्रममा कुनै पनि भिजन नआएको उनले बताए ।

संघीयता कार्यान्वयन गर्नुपर्ने पनि उनले बताए । संविधान संशोधन गर्नुभन्दा पहिला यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । उपयुक्त संशोधनमा प्रतिपक्षको पनि सहयोग रहने उनले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्