site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानका प्रधानमन्त्रीले भने– प्रतिकार जारी छ 

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा गरेको मिसाइल आक्रमणलाई कायरतापूर्ण आक्रमण भनेका छन् । उनले भारतले गरेको युद्धको कार्यप्रति पाकिस्तानले जोडदार प्रतिकार गरिरहेको बताएका छन् ।

भारतले पाकिस्तानका पाँच स्थानमा आक्रमण गरेको पनि बताएको द गार्जियन न्युजले जनाएको छ ।

सामाजिक संजाल एक्समा प्रकाशित वक्तव्यमा शरीफले भने,

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारतले थोपरेका यो युद्धको कार्यप्रति जोरदार प्रतिकार गर्न पाकिस्तानसँग पूर्ण अधिकार छ, र जोरदार प्रतिकार गरिँदैछ।”

उनले अगाडि भने, “शत्रुसँग कसरी व्यवहार गर्ने भन्नेमा सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र बलसँग खडा छ।”

पकिस्तानका रक्षा मन्त्रीले रक्षामन्त्रीले आफ्नो देश  भारतको अक्रमणको प्रतिकार गर्ने प्रक्रियामा रहेको बताएका छन्।

भारतले पाकिस्तानी क्षेत्रमा मिसाइल आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री शरीफले इस्लामाबादमा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारलाई उद्धृत गर्दै जियो टीभीले यो बैठक स्थानीय समय अनुसार बिहान १० बजे तय गरिएको जानकारी दिएको छ ।

यसैबीच पाकिस्तानको पन्जाब प्रान्तका मुख्यमन्त्री मरियम नवाज शरीफले प्रदेशभर आपतकालीन अवस्था लागु गरेको जनाएकी छन् ।

यस अन्तर्गत पन्जाबका सबै अस्पतालका डाक्टरहरू र चिकित्सा क्षेत्रका कर्मचारीहरूको बिदा रद्द गरिएको र तिनीहरूलाई तुरुन्तै ड्युटीमा उपस्थित हुन निर्देशन दिइएको  द गार्जियन न्युजले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:१९
प्रतिक्रिया दिनुहोस्