site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा नागरिक सुरक्षा अभ्यास सुरू

काठमाडौं । भारतले  पाकिस्तान नियन्त्रित कश्मीरलगायत पाकिस्तानका विभिन्न क्षेत्रमा सैन्य हमला गरे लगत्तै देशका विभिन्न राज्यहरूमा नागरिकका लागि सुरक्षा अभ्यास सुरु गरिरहेको बीबीसीले जनाएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले यो हप्ताको सुरुमा देशभरिका २४४ जिल्लाहरूमा नागरिक सुरक्षा प्रणालीको आंकलन र सुधार गर्ने उद्देश्यले यस्तो अभ्यास गर्ने आदेश जारी गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयले यसको उद्देश्य भारतको हवाइ हमला चेतावनी प्रणाली, नियन्त्रण कक्ष, निकासी योजना, अचानक ब्ल्याक आउटलगायतका सम्भावित आपत्कालीन अवस्थामा नागरिक सुरक्षा सेवाहरूको प्रभावकारिता परीक्षण गर्नु रहेको बताएको छ ।

सो आदेशमा बताइएअनुसार यो अभ्यासले नागरिक र विद्यार्थीहरूलाई शत्रुतापूर्ण आक्रमणको अवस्थामा आफूलाई बचाउन सहयोग गर्ने  लक्ष्य राखेको छ ।  तर सो आदेशमा पाकिस्तान वा गत महिना भारत नियन्त्रित कश्मीरमा भएको आतंककारी हमलाको उल्लेख गरिएको छैन ।

मंगलवार समाचार संस्था एएनआईले सार्वजानिक गरेको भिडियोमा विभिन्न राज्यहरूमा स्वयंसेवक र अधिकारीहरूले रिहर्सल गर्दै गरेको देखाएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्