site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले व्यवस्थाका विरुद्ध कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरे । 

“नेपाली जनताले, हाम्रा पूर्वजले धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त गरेको र अहिलेको पुस्ताले अभूतपूर्व लगानी गरेर प्राप्त गरेको यो संविधान र संविधानले प्रदान, निश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा कुनै पनि खालको गतिविधि नगर्न अनुरोध गर्न चाहन्छु,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखकले थपे, “संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा हुने कुनै पनि गतिविधि, क्रियाकलाप, सह्य हुने छैन ।” लेखकले चैत १५ गते भएको तीनकुने घटनाबारे अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्