site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारत–पाक युद्ध : नेपालमा कति छ इन्धन भण्डारण ?

काठमाडौं । नेपाल आयल निगमले भारत र पाकिस्तानबीच बढेको तनावले तत्काल इन्धनको समस्या नहुने जनाएको छ । निगमसँग पेट्रोल भण्डारण सात दिनसम्मका लागि र डिजेल १२ दिनसम्मका लागि रहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

“छिमेकी राष्ट्रबीच तनाव बढे पनि एकले अर्कालाई हानेका छन्, युद्धको घोषणा भएको छैन,” उनले भने, “त्यसकारण अभाव हुने कुनै जानकारी छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निगमसँग पेट्रोल २८ हजार किलोलिटर, डिजेल ६० हजार किलोलिटरको भण्डारण सुविधा छ । यस्तै ५९ ग्यास उद्योगमा १० हजार मेट्रिकटन ग्यास रहेको जनाएको छ ।

“पेट्रोलको दैनिक खपत दुई हजार २५ सय किलोलिटर हो । डिजेलको चार हजार देखि ४५ सय किलोलिटर खपत हुन्छ,” ठाकुरले भने, “डिजेल १२ दिन हाराहारी र पेट्रोल सात दिनसम्म पुग्छ ।”

भारततर्फ इन्धन अभाव हुने भन्दै सञ्चार माध्यममा आए पनि हल्ला मात्रै भएको भारतीय आयल कर्पोरेसनले समेत स्पट पारेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्