site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भाका नाघेको कर्जा तथा ब्याज अनुदानबापतको एक अर्ब २२ करोड असुल गर्नुपर्ने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको एक अर्ब २२ करोड ६७ लाख ९८ रुपैयाँ असुल गर्नुपर्ने भएको छ । 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार कर्जा तथा ब्याजअनुदानको सम्झौताअनुसार हिसाब यकिन गरी सावाँ, ब्याज तथा हर्जाना रकम असुल गर्ने देखिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रकम तोकिएको तालिकाअनुसार नबुझाउने युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार तथा रकम दुरुपयोग गर्ने ऋणीलाई थप दुई प्रतिशत ब्याज लाग्ने उल्लेख छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको विवरणअनुसार एक हजार २३९ सहकारी संस्थाबाट ०८१ असार मसान्तसम्म एक अर्ब ६ करोड ८५ लाख ९१ हजार सावाँ तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना तीन करोड ८८ हजारसमेत कुल एक अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी १५ बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने सावाँ ३१ करोड ५३ लाख ३३ हजार रुपैयाँ बाँकी रहेकोमा ब्याज तथा हर्जानाको गणना गरी अभिलेख नराखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्