site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताका आवाज सरकारसमक्ष पुर्‍याउँछौँ : प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्‍याउने बताएका छन् । 

‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का क्रममा डडेल्धुरा पुगेर प्रचण्डले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्‍याउने लक्ष्य लिएको बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बजेटअगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, “विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।”

मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको दाबी गर्दै उनले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताए । 

प्रचण्डले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने पनि प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र संघर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।रासस 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्