site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नार्क सुधारका निम्ति पोख्रेलको संयोजकत्वमा उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका निम्ति प्रा.डा. गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरीया र डा. यज्ञ गजाधर खड्का सदस्य छन् ।

उच्चस्तरीय समितिका पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिलाई ९० दिनको कार्यअवधि दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ  ।

विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको थियो ।

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्र्तगतका ऐन, नियम, नीतिलगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने, अन्य देशहरूमा यससम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने तथा वैज्ञानिकहरूको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ । समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्नेछ  । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्