site stats
बाह्रखरी :: Baahrakhari
विदेश
छत्तीसगढमा २६ माओवादी लडाकु मारिए, मुख्यमन्त्री भन्छन्– ‘लाल आतंक’बाट मुक्त गर्छौं

काठमाडौं । भारतको छत्तीसगढ राज्यको माओवादी प्रभावित क्षेत्र नारायणपुरमा प्रहरीसँग भएको एक मुठभेडमा २६ जना माओवादी लडाकु मारिएका छन् । छत्तीसगढ राज्यका गृहमन्त्री विजय शर्माले मारिएका माओवादी लडाकुको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

“ओरछा क्षेत्रमा ५० घण्टादेखि प्रहरीले खोजी अभियान चलिरहेको थियो । यस क्रममा २६ जनाभन्दा बढी माओवादी मारिएका छन् । माओवादीका केही ठूला नेता पनि मारिएका जानकारी प्राप्त भएको छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृहमन्त्री शर्माले अगाडि भने, “अहिलेसम्म खोजी अभियान जारी छ । छत्तीसगढलाई ‘लाल आतंक’बाट मुक्त गराउने हाम्रो सरकारको प्रतिबद्धता छ ।”

छत्तीसगढ राज्यमा पछिल्ला १५ महिनादेखि प्रहरीले माओवादीविरुद्ध अभियान चलाइरहेको छ । यसमा अहिलेसम्म ४०० भन्दा बढी संदिग्ध माओवादी कार्यकर्ता मारिएका छन् ।

भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले सन् २०२६ मार्च ३१ सम्म देशबाट माओवाद पूर्णरूपमा समाप्त गर्ने घोषणा गरिसकेका छन् ।

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्