site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले स्वीकार गर्‍यो कतारले उपहार दिएको बोइङ–७४७ विमान

काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । यस्तो उपहार लिन हुने/नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको लागि)का रूपमा प्रयोग हुनेछ । 

अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।

यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो ।

कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ । 

यो नयाँ विमान ट्रम्पको राष्ट्रपति पदावधि समाप्त भएपछि उनको राष्ट्रपति पुस्तकालयमा स्थानान्तरण गरिने ह्वाइट हाउसले जनाएको  छ ।

राष्ट्रपतिलाई यात्रा गर्न योग्य बनाउन यसमा थप सुरक्षा प्रणालीहरू जाडन गर्न र अपग्रेड गर्न वर्षौं लाग्नसक्ने बताइएको छ । यसमा परमाणु विस्फोटबाट हुने इलेक्ट्रोम्याग्नेटिक पल्स सहन गर्नसक्ने क्षमता र मध्य–उडानमा इन्धन भर्ने सुविधा रहेको बताइएको छ ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ सल्लाहकार मार्क केन्सियनले यस्तो ‘मोडिफिकेसन’को लागत एक बिलियन डलर सम्म सजिलै पुग्नसक्ने बताएका छन् ।

गत हप्ता उपहार ग्रहणलाई न्यायोचित भन्दै ट्रम्पले विमान अस्वीकार गर्नु मुर्खतापूर्ण हुने बताएका थिए ।

तर, अमेरिकी संविधानमा कांग्रेसको अनुमतिबिना विदेशी सरकारबाट सार्वजनिक पदाधिकारीलाई उपहार लिन मनाही गरेको छ ।

हाल (राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वन) अन्तर्गत सन् १९९० देखि प्रयोग हुँदै आएका दुईवटा ७४७–२०० जेट विमान र केही साना ७५७ विमानहरू रहेका छन् । बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्