site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
दश महिनामा यूएईमा २६१ जना नेपालीको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार ०८१ साउन १ गतेदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७ र ०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ । 

पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको थियो । 

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्