site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अत्यधिक चापका साथ पोखरा एयरपोर्ट चलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भए कारबाही हुने बताएका छन् । सोमबार (जेठ १२) सिंहदरबारमा राष्ट्रिय पर्यटन संवादमा उनले यस्तो बताएका हुन् ।

“बेठिक छ, बेथिति छ भने त्यसमा कारबाही हुन्छ, खोजी गरौँ न,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले विभिन्न स्थानमा विमानस्थल बनाएको भए पनि चल्न नसकेको उनले उल्लेख गरे । पोखरा विमानस्थल ‘ह्यान्डओभर’ भएको तर त्यसबारे लिखित पत्र नै नदिइएको उनले बताए ।

“हाम्रा एयरपोर्ट हामीले बनायौँ, चलेका छैनन् । पोखरा एयरपोर्ट बनेको छ । ह्यान्डओभर भएको छ । ह्यान्डओभरको पेपर दिएको छैन,” उनले भने, “ह्यान्डओभर गर्नुभयो भने ह्यान्डओभर भयो भन्ने पेपर त दिए भइगयो नि !”

उनले अगाडि भने, “उसले एयरपोर्ट तयार गरेको भन्ने । ऊ त ठेकदार हो नि कम्पनी त ! उसको त मार्केटिङ बढ्छ । त्यो पत्र पाएका छैनन् । पाउँदैनन्, किन अल्झाएको हो थाहा छैन ।”

उनले विमानस्थलमा बाह्य विमान त्यति धेरै नआए पनि आन्तरिक उडानको चाप रहेको जिकिर गरे । “तयार भयो, चलिरहेको छ । अत्यधिक चापका साथ चलेको छ,” उनले भने, “बाहिरका कम आएका छन्, तर आन्तरिक अत्यधिक चापका साथ पोखरा एयरपोर्टमा चलेका छन् ।”

प्रधानमन्त्री ओलीले कानुनी रूपमा कुनै त्रुटि भए सच्याएर जान सकिने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २३:४३
प्रतिक्रिया दिनुहोस्