site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो साढे १ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । अर्को बैठक भोलि दिउँसो  साढे १ बजे बस्ने तय भएको छ ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस अवधिमा पनि सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले आजै दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए ।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्