site stats
बाह्रखरी :: Baahrakhari
देश
शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसँग बुधबार छलफल गरेको छ । 

राजतन्त्र समर्थक र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीबार एकै दिन एकै स्थानबाट प्रदर्शन गर्ने तयारी गरेको सन्दर्भमा सुरक्षा सतर्कताका विषयमा आयोगले चासो राखेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोगले जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई अपिल गरेको छ । आयोगले विभिन्न टोली बनाएर अनुगमन गर्ने जनाएको छ । 

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिए । उनले एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरेका छन् । 

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको बताए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्