site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले गरेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा स्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले इजरायलले हमाससँग अस्थायी युद्धविरामको लागि अमेरिकाको नयाँ प्रस्ताव स्वीकार गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले यो हप्ताको सुरुमा इजरायल–हमास युद्ध रोक्न र युद्धमा बन्दी बनाइएका बन्दीहरू फिर्ता गर्ने सम्झौतामा मध्यस्थता गर्नेबारे आशावादी भएको बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले पत्रकारहरूलाई इजरायलले नयाँ प्रस्तावलाई समर्थन गरेको बताइन् ।

हमासका अधिकारीहरूले इजरायलले स्वीकार गरेको मस्यौदाप्रति खासै प्रतिक्रिया दिएनन् । तर, उनीहरूले औपचारिक जवाफ दिनुअघि प्रस्तावलाई धेरै नजिकबाट अध्ययन गर्न चाहेको एसोसिएटेड प्रेसले जनाएको छ । 

हमासका एक अधिकारी बासेम नाइमले भने, “उनीहरूले मूलतः कब्जा कायम राख्ने र हत्या तथा भोकमारी कायम राख्ने इच्छा देखाउँछन् ।” 

उनले आफ्ना कुनै पनि मागलाई नसमेटेको बताए । यसमा सबैभन्दा प्रमुख माग युद्ध र भोकमारी रोक्ने रहेको उनले बताए । 

तथापि, उनको समूहले सम्पूर्ण राष्ट्रिय जिम्मेवारीका साथ प्रस्तावको अध्ययन गर्ने बताए । एपी
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्