site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ५–०को जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन डिजायर डोइले दुई गोल गरे । अक्रफ हाकिमी, खभिचा काभात्स्खेलिया र सेनी मायुलुले समान एक गोल थपे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थपेको हो ।

खेलको १२औँ मिनेटमा हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा डिजायर डोइले फ्रेन्च क्लबको अग्रता दोब्बर बनाएपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

६३औँ मिनटमा डोइले नै पीएसजीको अग्रतालाई ३–० मा पु¥याए । ७३औँ मिनेटमा काभात्स्खेलियाले गोल गर्दै प्रशिक्षक लुइस एनरिकेको टोलीलाई ४–० को अग्रतामा राखे । यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मायुलुले गोल गरेपछि पीएसजीले ५–० को जित पक्का गरेको हो । 

सन् १९७० मा स्थापना भएको पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । 

यता, प्रशिक्षक एनरिकेले भने १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि चुमे । यसअघि प्रशिक्षक एनरिकेले सन् २०१५ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि चुमेका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्