site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संगीतकर्मी गणेश रसिकको निधन

काठमाडौं । नेपाली सांगीतिक एवं साहित्यिक क्षेत्रका उज्ज्वल नक्षत्र गणेश रसिकको निधन भएको छ । 

विगत केही वर्षदेखि प्रोस्टेट क्यान्सर रोगबाट पीडित रसिकको उपचारका क्रममा आइतबार (जेठ १८) ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिए । रसिक वासु शशी स्मृति परिषद्का अध्यक्ष थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रसिककी छोरी बेलायतबाट आएपछि उनको दाहसंस्कार गरिने जोशीले बताए ।

‘रातो भाले क्वाँयाँ क्वाँयाँ सुत्केरीलाई ख्वायाँ’, ‘घरबेटी नानी आँगनीमा देउन मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’, ‘ए है है...’ जस्ता कालजयी गीतका स्रष्टा रसिकका ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’ (संस्मरण)लगायत कृति प्रकाशित छन् ।

रसिक विगतमा रत्न रेकर्डिङ संस्थानका अध्यक्ष एवं महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक बनेका थिए । उनी साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक पनि थिए । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव भएर समेत उनले काम गरे । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्