site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन्स लिग ‘सेलिब्रेसन’मा दुईजनाको मृत्यु, ५०० पक्राउ

काठमाडौं । फ्रान्समा च्याम्पियन्स लिग ‘सेलिब्रेसन’का क्रममा दुईजनाको मृत्यु भएको छ । पेरिस सेन्ट जर्मन (पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेपछि खुसियाली मनाउने क्रममा भीडमा च्यापिएर दुईको मृत्यु र १९२ जना घाइते भएका फ्रान्सेली प्रहरीले जनाएको छ ।

त्यसक्रममा करिब ५०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेरिसबाट मात्र ४९१ जनालाई नियन्त्रणमा लिइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खुसियाली मनाउने क्रममा छुरा प्रहारबाट १७ वर्षीय एक युवकको मृत्यु भएको हो । त्यही बेला गाडीको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शनिबार च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० ले हराउँदै पीएसजी च्याम्पियन बनेको थियो । पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग जितेपछि फ्रान्सभर उत्साह छाएको थियो ।

पीएसजी फ्रान्सेली फुटबल इतिहासमा च्याम्पियन्स लिग जित्ने दोस्रो टोली हो । फ्रान्सबाट यसअघि मार्सेले सन् १९९३ मा च्याम्पियन्स लिग जितेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्