site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाइजेरिया बाढी : २०० को मृत्यु, ५०० बेपत्ता

काठमाडौं । नाइजेरियाको मोक्वा सहरमा बिहीबार आएको बाढीबाट मृत्यु हुनेको आधिकारिक संख्या २०० भन्दा बढी पुगेको छ ।

मध्य नाइजर राज्यको उक्त सहरमा आएको बाढीबाट अझै ५०० भन्दा बढी मानिस बेपत्ता छन् । स्थानीय अधिकारी मोसेस किम्बोकुले उद्धार कार्य रद्द गरिएको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अधिकारीहरूले बेपत्तामध्ये कोही पनि जीवित नभएको अनुमान गरेका छन् । यसको अर्थ ७०० भन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ । 

मोक्वा जिल्ला प्रमुख मुहम्मदु अलियुले भने, “अधिकारीहरूले चाँडै नै बाढीमा फसेका शवहरू हटाउन सुरु गर्नेछन् ताकि रोग फैलिन नपाओस् ।”

यो बाढी यस क्षेत्रमा पछिल्लो ६० वर्षमा आएको सबैभन्दा ठूलो बाढी भएको बताइएको छ ।

यसअघि, आपतकालीन व्यवस्थापन एजेन्सीले मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको बताएको थियो ।

नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले गर्दा लगभग १३ लाख मानिसले घरबार गुमाएका थिए । सो बढीमा परेर ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । बीबीसी

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्