राजनीति

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठकले दुई विधेयक सर्वसम्मतिबाट पारित गरेको छ ।
सोमबार बसेको बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरूलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्