site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षी दलहरूको बैठक बस्दै, के छ एजेन्डा ?
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्दै छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले कसरी सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने रणनीति बनाउनेछ । 

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद् बैठक बस्नुभन्दा अगाडि विपक्षीहरूको बैठक बस्ने जानकारी दिए । संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने विपक्षी दलको माग छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि उनलाई राजीनामाको दबाब छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्