site stats
बाह्रखरी :: Baahrakhari
कला
‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, को–को छन् कलाकार ?

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा गरिएको शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार र प्राविधिकको उपस्थिति थियो ।

चलचित्रको छायांकन २२ गतेबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायांकन तालिका २० दिनको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । 

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्