site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौती गरियो : वेदुराम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौती गरिएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले विगत लामो समयदेखि घाटाको बजेट प्रस्तुत हुँदै आएको उल्लेख गरे । अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भने पनि घाटाको अनुपात बढेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भए पनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उनको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौती गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने बताए ।

"धेरै वर्षदेखि हामीले घाटाको बजेट प्रस्तुत गर्दै आइरहेका छौँ । र, घाटाको बजेटको पनि अनुपातमा वृद्धि भएको छ । अर्थमन्त्रीज्यूले यथार्थपरक बजेट ल्याएको भन्नुभएको छ । तर घाटाको अनुपात बढेको देखिन्छ," उनले भने । 

उत्पादक क्षेत्रको बजेट कटौती गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै उनले अर्थमन्त्रीको आलोचना पनि गरे । 

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्