
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संसारकै धनी व्यक्ति एलन मस्कले बिहीबार सामाजिक सञ्जालमा तिखो वादविवाद गरेका छन् । त्योसँगै मस्कले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा यात्री र आपूर्ति पुर्याउने ड्रागन स्पेस ‘क्याप्सुल’ बन्द गर्ने धम्की दिएका एपीले जनाएको छ ।
ट्रम्पले मस्कको स्पेसएक्स र स्टारलिंक इन्टरनेट सेवालाई दिइने सरकारी ठेक्का खारेज गर्ने धम्की दिएका थिए । त्यसपछि मस्कले स्पेसएक्सले ड्रागन स्पेसक्राफ्ट तत्काल बन्दको प्रक्रिया सुरु गर्ने जवाफ दिएका हुन् ।
यो धम्की गम्भीर हो वा केवल प्रतिवाद मात्र भन्ने स्पष्ट छैन । तर, सरकारी ठेक्काको सहयोगमा विकास गरिएको यो क्याप्सुल अन्तरिक्ष स्टेसन सञ्चालनको एक महत्वपूर्ण अंश हो ।
विज्ञान मिसन, चन्द्रमामा मानिस पठाउने लक्ष्यलगायत कार्यक्रममा नासा स्पेसएक्समा निर्भर छ ।