site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय अपराध अदालतका न्यायाधीशमाथि लगायो प्रतिबन्ध
मार्को रुबियो । तस्बिर : एपी ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीजे)का चार न्यायाधीशमाथि आफ्ना सहयोगीविरुद्ध अवैध र आधारहीन कारबाही गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक कडा भाषाको लिखित वक्तव्यमा यो प्रतिबन्ध घोषणा गरेका अलजजिराले जनाएको छ ।

“आईसीजे आफ्नो शक्ति बढाउने गरी राजनीति गर्छ र अमेरिका र यसका साथी देशहरूका नागरिकविरुद्ध जाँच, आरोप र केस चलाउने अनावश्यक दाबी गर्र्छ,” रुबियोले भने, “यो खतरनाक दाबी र शक्तिको दुरुपयोगले अमेरिका र इजरायलसहित हाम्रा सहयोगीहरूको सम्प्रभुता र राष्ट्रिय सुरक्षालाई उल्लंघन गर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईसीजेले तत्कालै प्रतिक्रिया दिँदै आफ्ना न्यायाधीशका पक्षमा उभिएको र ट्रम्प प्रशासनको निर्णयलाई निन्दनीय भनेको छ । “यो कदम विश्वभरका १२५ देशको जनादेशमा सञ्चालन हुने एक अन्तर्राष्ट्रिय न्यायिक संस्थाको स्वतन्त्रतालाई कमजोर पार्ने स्पष्ट प्रयास हो,” अदालतको भनेको छ ।

प्रतिबन्धित चार न्यायाधीशमा युगान्डाकी सोलोमी बालुंगी बोसा, पेरुकी लुज डेल कार्मेन इबानेज कारान्जा, बेनिनकी रेइन एडिलेड सोफी अलापिनी गान्सौ र स्लोभेनियाकी बेटी होहलर समावेश छन् ।

प्रतिबन्धपछि यी न्यायाधीशका अमेरिकामा रहेका सम्पत्ति जफत गरिने जनाइएको छ । अमेरिकाका संस्थालाई पनि उनीहरूसँग कुनै प्रकारको लेनदेन गर्न रोक लाग्नेछ । त्यसमा धन, सामान वा सेवा प्रदान गर्ने कार्य समावेश रहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्