site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् नचल्दा सभामुखले सम्झिए उखान– पछार्न त पछार्ने थिएँ, तर खुट्टै टेक्न दिएन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यशालामा सभामुख घिमिरेले विभिन्न विधेयकलाई कानुनी रूप दिन आफूहरू तल्लीन रहे पनि संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए ।

उनले संसद् चल्न नसक्दा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐनलगायत ऐन अड्किएर बसेको बताए । संसद्‌मा विधेयक अड्किने परिस्थिति अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुख घिमिरेले कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिबारे सोच्न जरुरी रहेको धारणा राखे ।

“गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ, तर मलाई खुट्टै टेक्न दिएन । थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनका लागि हामी तल्लीन छौँ, त्यो गर्न सकिन्छ र गर्छौं पनि । तर, संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ," उनले भने 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्