कला

काठमाडौं । चलचित्र ‘जदौ’मा अभिनेता मुकुन भुसाल प्रवेश गरेका छन् । अन्तरजातीय प्रेमकथामा निर्माण हुने चलचित्र काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहनेछ ।
निर्देशन कसले गर्नेछ भन्ने निर्माणपक्षले बताएको छैन । भदौबाट छायांकन हुने चलचित्रमा प्रमुख भूमिकामा साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् ।
सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १०:४४
प्रतिक्रिया दिनुहोस्