site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीएमडब्लु आईएक्स–२ विद्युतीय एसएभी नेपालमा

काठमाडौं । बीएमडब्लुको विद्युतीय बीएमडब्लु आईएक्स–२ विद्युतीय एसएभी नेपालमा सार्वजनिक भएको छ । लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लु आईएक्स–२ विद्युतीय (स्पोट्र्स एक्टिभिटी भेहिकल) एसएभी सार्वजनिक गरेको हो । 

आधुनिक डिजाइन र उत्कृष्ट प्रदर्शनको संयोजन भएको आईएक्स–२  दिगो यातायात र उत्साहजनक ड्राइभिङ अनुभव खोज्ने प्रयोगकर्ताका लागि बीएमडब्लुको नयाँ उपहार रहेको कम्पनीको दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीएमडब्लु आइएक्स–२ इड्राइभ–२०मा १५० किलोवाट (२०४ हर्सपावर) क्षमताको मोटर छ । जसले गाडीलाई ४३० देखि ४७५ किलोमिटरको दूरीसम्म यात्राको सुविधा दिने कम्पनीको दाबी छ । 

बीएमडब्लुको पाँचौँ पुस्ताको इड्राइभ प्रविधिबाट चल्ने यो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति ८.६ सेकेन्डमै पार गर्न सक्ने कम्पनीले जनाएको छ । 

गाडीको गति अधिकतम १७० किलोमिटर प्रतिघण्टासम्म सीमित गरिएको छ ।

६६.५ किलोवाटघण्टाको उच्च भोल्टेज ब्याट्री रहेको छ । आईएक्स–२ मा रहेको कम्बाइन्ड चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङ तथा १३० किलोवाटसम्मको डीसी चार्जिङ सपोर्ट गर्छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्