site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गणित शिक्षालाई व्यावहारिक बनाउन इमबार्कको ‘अन्टरप्रेन्योर म्याथ’

काठमाडौं । नेपालमा गणित शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले इमबार्क युएनम्याथ प्रालिले ‘अन्टरप्रेन्योर म्याथ’ (उद्यमशील गणित) कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कर्यक्रम कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको बताइएको छ ।  

डिसेम्बरमा आयोजना हुन लागेको ‘स्टार्टअप फेस्ट २०२५’मार्फत विद्यार्थीहरूले आफैँले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउने बताइएको छ । कार्यक्रममा सिकाइको समीक्षा, उपलब्धिको मूल्यांकन र भविष्यका योजना तयार पारिनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अवधिभर विद्यार्थीले वित्तीय योजना, लगानीको मूल्यांकन, समस्या समाधान, बजार विश्लेषणलगायत विषयमा अभ्यास गरेर गणितको व्यावहारिक पक्षमा गहिरो दक्षता हासिल गर्नेछन् ।

यो एकवर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययनजस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिने बताइएको छ ।

पारम्परिक कक्षाकोठाको चौकठबाट बाहिर निस्कँदै, यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने खालको छ । गणितलाई केवल अंक गणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ ।

३० कार्यदिवसमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ। प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । 

यसक्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्