site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इन्भेष्टमेण्ट मेगा बैंकमा इन्जिनियर्स एसोसिएसनका सदस्यलाई छुट दिइने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष ई. सुभाषचन्द्र बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने व्यवस्था गरिएको छ । सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकका २७५ वटा शाखामार्फत प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।  

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्