site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकिङ क्षेत्र सुधार्न उपसमिति गठन भएपछि सिबिफिनले भन्यो– ऐतिहासिक कदम

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको पहलमा गठन भएको उपसमितिको खुलेर प्रसंशा गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गरी बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीको पहिचान र ठोस समाधानसहितका सुझाव समितिले पेस गर्ने विश्वास लिएको छ ।

नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरोकारवालासँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका उपसमितिले सहयोग पुग्ने सिबिफिनको भनाइ छ ।

नेपाल राष्ट्रका हालका गतिविधिले बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको सिबिफिनले विश्वास छ ।

आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेका केन्द्रीय बैंकभन्दा बाहिरका निजीक्षेत्रको समेत अनुभव प्राप्त विषयविज्ञ समेटिएकोमा पनि सिबिफिन खुसी देखिएको छ ।

सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालासँगको छलफलबाट पहिचान हुने सिबिफिनको बुझाइ छ ।

नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्