site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रियाल रिंगेट’को टिजरमा सपना, संघर्ष र बिछोड

काठमाडौं । चलचित्र ‘रियाल रिंगेट’को टिजर सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको कठोर यथार्थ टिजरमा समावेश छ । 

टिजरले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःख देखाएको छ । नेपालमा रोजगारीको समस्याले पिरोलिएका युवा कसरी विदेश पलायन हुन बाध्य हुन्छन् भन्ने यो सिनेमाको कथा हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परिवारसँगको वियोग र विदेशमा उनीहरूले कस्ता चुनौतीहरू सामना गर्नुपर्छ भन्ने कुरालाई समेट्ने यो सिनेमा साउन १६ गते रिलिज हुनेछ । 

विभोर पोखरेलको निर्देशनमा बनेको चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बालगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपीन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर छ । 

भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दै छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०५:४८
प्रतिक्रिया दिनुहोस्