
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा भइरहेको जी–७ शिखर सम्मेलन बीचमै छोडेर स्वदेश फर्किने भएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले धेरै महत्वपूर्ण कार्यहरूमा ध्यान दिनुपर्ने भएकाले राष्ट्रपति ट्रम्प ह्वाइट हाउस फर्किन लागेको बताएकी छन् ।
सामाजिक संजाल एक्समा एक पोष्ट गर्दै लिभिटले मध्यपूर्वमा भइरहेको घटनाक्रमको कारण राष्ट्रपति ट्रम्पले आज राति जी–७ शिखर सम्मेलनमा सहभागी सरकार प्रमुखहरूसँग खाना खाएपछि छिटो फर्किने उल्लेख गरेकी छन् ।
केही समयअघि ट्रम्पले सामाजिक संजालमा पोष्ट गर्दै अमेरिका प्रथम नीति अन्तर्गत इरानलाई परमाणु हतियार राख्न नदिने पनि सन्दर्भ भएको बताएका थिए । ट्रम्पको भर्खरको पोष्टले इरानलाई वार्तामा बस्न दबाब दिन खोजेको हुनसक्ने समाचारमा उल्लेख छ । सीएनएन