site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई सुनील शर्माको प्रश्न– अलिकति पनि दया लाग्दैन, हृदय छैन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले सरकारले बजेट विनियोजनमा विभेद गरेको बताएका छन् । आइतबार  प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद शर्माले 'पाँच जिल्लाबाहेक अरू जिल्ला नेपालका होइनन् ?' भनेर सरकारलाई प्रश्न गरे ।

“पाँचवटा जिल्लाका मात्र नेपाली नागरिक हुन् त ? ...७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? तपाईंहरूलाई अलिकति दया लाग्दैन ?," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरेर समन्यायिक बनाउन पनि आग्रह गरे । "त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूका लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइका लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? म तपाईंहरूलाई भन्न चाहन्छु, नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ?," उनले भने ।

उनले अगाडि थपे, "तपाईंहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको ? तपाईंहरू एक्लै चुनाव जितेर आएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट  हाले भयो त ?"

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्