site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री भन्छन्– नेपाल स्वास्थ्य विज्ञानको सुरुवात भूमि हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको सुरुवातको भूमि भएको दाबी गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको जिकिर गरे ।

"यो (नेपाल) स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरू, पुराना विधि, प्रविधिहरू उपयोगी हुन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिकरूपमा सबल बनाउने विषयमा गम्भीर रहेको बताए ।

"स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिकरूपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्, दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यी सबै कुरा छन्," उनले भने ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्