
जेरुसेलम । इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपणस्थलमा सोमबार आक्रमण गरिएको जनाएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ ।
सेनाले विज्ञप्ति जारी गर्दै १५ भन्दा बढी लडाकु विमानले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
इजरायलले जुन १३ मा इरानका क्षेप्यास्त्र र आणविक केन्द्रका साथै सैन्य अधिकारी र सुरक्षा सेवालक्षित ठूलो आक्रमण गरेको थियो ।
इरानी अधिकारीले सप्ताहन्तमा तीन आणविक केन्द्रमा अमेरिकी बमवर्षक विमानले ‘बारुदी सुरुङ’मा पुर्याएको क्षतिको बदला लिने प्रतिबद्धता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताएका छन् । अरू अधिकारीले भने तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् । रासस/एएफपी