
सिड्नी । तामाङ सोसाइटी अफ न्यू साउथवेल्सले नयाँ कार्यसमिति पाएको छ । हालै सम्पन्न साधारणसभाले राज पाख्रिनको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
सिड्नीका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न निर्वाचनबाट ज्ञानक वाइबा, श्रीजन लामा र मोहन तामाङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी, सोसाइटीको महासचिवमा योगेश योन्जन, सचिवमा डोमा तामाङ र कोषाध्यक्षमा सुरेश तामाङ र सहकोषाध्यक्षमा नरेश लामा तामाङ निर्विरोध निर्वाचित भए ।
सांस्कृतिक समितिको संयोजकमा सनिता लामा र उपसंयोजकमा लबसोङ लामा चुनिए । समितिको युवा संयोजकमा उमेश तामाङ र कार्यसमितिका सदस्यमा सुजन लोप्चन, कपाली तामाङ, छेदुप पाख्रिन, फुर्बा तामाङ र अनिता पाख्रिन विजयी भएका छन् ।
संस्थापक तथा निर्वाचन समितिका संयोजक अरूण तामाङका अनुसार, तामाङ सोसाइटी सन् २००९ मा स्थापना गरिएको संस्था हो ।
कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ, तमु समाजका अध्यक्ष हेउपति गुरुङ, निम्फाका सल्लाहकार चित्र तुम्बाहम्फे, निम्फाका पूर्वअध्यक्ष सुर्दशन थापामगर, निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ, एनएडीएफका पूर्वअध्यक्ष छिरिङ तेन्जी लामा, जीएनसीका राजीव प्रधान, एन्जाका सल्लाहकार डा. राजु मानन्धरलगायतले विजयी पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।