site stats
बाह्रखरी :: Baahrakhari
कला
आमिरको ‘सितारे जमिन पर’ले चार दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । आमिर खान स्टारर बलिउड सिनेमा ‘सितारे जमिन पर’ले चार दिनमा करिब ६६ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

पहिलो दिन शुक्रबार १० करोड ७० लाख, शनिबार १९ करोड ९० लाख, आइतबार २६ करोड ७० लाख र सोमबार ८ करोड ५० लाखसहित चार दिनमा ६५ करोड ८० लाख भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अधिकांश समीक्षकले राम्रो रेटिङ दिएको चलचित्र सकारात्मक वर्ड अफ माउथका साथ चलिरहेको छ । 

‘सितारे जमिन पर’ सन् २०१८ को स्पेनिस चलचित्र ‘च्याम्पियन्स’को रिमेक हो । 

यो चलचित्रमा आमिर खान र जेनेलिया मुख्य भूमिकामा छन् । आमिर खानको होम प्रोडक्सनको सिनेमा प्रसन्न आरएसले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्