site stats
बाह्रखरी :: Baahrakhari
खेल
टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै

काठमाडौं । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औँ संस्करणमा सहभागी हुन ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।

यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३/३ पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सो अवसरमा अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंह लगायतको पनि उपस्थिति रहेको थियो । टोली बुधबार उज्वेकिस्तान प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २२:५२
प्रतिक्रिया दिनुहोस्