
काठमाडौं । लक्ष्मी ल्युब आयल प्रा.लि. ले पहिलोपटक काठमाडौं उपत्यकाबाहिर दुई र चारपांग्रे सवारीसाधनका लागि छुट्टाछुट्टै 'फ्रि सर्भिस क्याम्प' आयोजना गर्न लागेको छ ।
कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ । चारपांग्रे सेवा शिविर बुटवलको एडभान्स अटो केयरमा असार १२ र १३ गते आयोजना हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यो शिविर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, दुईपांग्रे सेवा शिविर भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा असार १९ र २० गते शिविर आयेजना हुने बताइएको छ । शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुनेछ ।
शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् । साथै, टोटलइनर्जीज् ब्रान्डको लुब्रिकेन्टबारे जानकारी लिन सक्नेछन् । सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स, र सेवा सम्बन्धी सुझावहरू समेत साझा गरिने कम्पनीले जानकारी दिएको छ ।
लक्ष्मी ल्युब आयल टोटलइनर्जीज्को आधिकारिक वितरक हो ।