site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिर्तामोडमा एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम

काठमाडौं । नेपालमा एसएमएल इसुजु सवारीसाधनहरूको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा एक भव्य ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सन् २०२५ को यस कार्यक्रममा झापा तथा आसपासका क्षेत्रका १५० भन्दा बढी उद्यमी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा सहभागीहरूमाझ एसएमएल इसुजुका ट्रक तथा बसहरूको प्रविधि, सेवा सुविधा तथा अफ्टर सेल्स सेवाबारे विस्तृत जानकारी दिइयो । जापानी प्रविधिमा आधारित र भारतमा निर्मित एसएमएल इसुजु सवारीहरू स्कुल बस सेग्मेन्टमा अग्रणी मानिँदै आएको छ । देशभर सेल्स, सर्भिस र स्पेयर पाट्र्स एकै ठाउँमा उपलब्ध गराउँदै उपभोक्ता सुविधालाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा लक्ष्मी ग्रुप र एसएमएल इसुजु ब्रान्डबारे प्रस्तुतिपछि कम्पनीका बस इन्चार्ज रामहरी थपलियाले सवारीसाधनहरूको प्राविधिक विशेषताबारे जानकारी गराए । त्यसैगरी, सेल्स तथा अफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनी ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीमा केन्द्रित रहेको उल्लेख गर्दै, ग्राहक सुझावलाई उच्च प्राथमिकता दिई आगामी दिनमा अझ उत्कृष्ट सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका अनुसार, झापा क्षेत्रका ग्राहकहरूमाझ एसएमएल इसुजु ब्रान्डप्रतिको विश्वास अझ बलियो बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम सफल भएको छ । यस्तै ग्राहक–केन्द्रित कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले अघि सारेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २३:४४
प्रतिक्रिया दिनुहोस्