site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार जहाज उडान भएको छ । 

प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि सम्भव भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । 

जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए । 

उक्त क्षेत्रको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गरेको छ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । 

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तलाई काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । 

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिकस्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिंमार शेर्पाले बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०५:३६
प्रतिक्रिया दिनुहोस्